भदाै ८, काठमाडौं । बाढीपहिरोले बाटो अवरोध हुँदा उपत्यकामा मागअनुसार खसीबोका भित्रिन सक्दा यो वर्षको दसैंमा खसीबोकाको मूल्यवृद्धि हुने भएको छ ।
खसीबोकाको माग अनुशार भित्र्याउन नसक्ने अवस्था भएपछि मूल्य बढ्न सक्ने संकेत देखिएको व्यवसायीको भनाइ छ । बजारमा खसीबोकाको आयात कम हुँदा अहिले देखि नै बजारमा खसीबोकाको मूल्य बढ्न थालेको छ ।
दसैंमा उपत्यकामा मात्र ४० देखि ५० हजार खसीबोकाको माग हुन्छ जसमध्ये ८० प्रतिशत खसीबोका छिमेकी मुलुक भारत र तिव्वतबाट च्याङ्ग्रा आयात हुनेगर्छ । बाँकि खसीबोका र च्याङ्रा मुस्ताङ र अन्य विभिन्न जिल्लाहरूबाट भित्रने गरेका छन् ।
गत वर्ष दसैंको समयमा जिउँदो खसीबोकाको मूल्य प्रतिकेजी ४ सय ५० देखि ४ सय ६० रुपैयाँ रहेकोमा अहिले नै खसीबोकाको मूल्य प्रतिकेजी ५ सय १० रुपैयाँसम्म पुगेको छ र दसैँमा अझ बढ्न सक्ने व्यवसायीहरू बताउँछन् ।
व्यवसायीका अनुसार यो वर्ष निजीक्षेत्रले भारतकोे लखनऊ, बहराइच, काल्पी, जसविरनगर, कानपुर र हरियाणालगायत ठाउँबाट लाम्काने र जमुनापारी जातका ३० हजार खसीबोका भित्र्याउने तयारी गरिएको छ भने मुलुकभित्र सल्यान, कोहलपुर, कटारी, सुर्खेत, नुवाकोट, सिन्धुपाल्चोकबाट ५ हजार खरी (पहाडी) जातका खसीबोका साथै मुस्ताङबाट १ हजार ५ सय च्याङ्ग्रा उपत्यका भित्र्याउने तयारी गरेको छ ।








