तिरिमिरी साँझको तयारी पूरा

अस्ट्रेलिया । हिजोआज अस्ट्रेलियामा दिनहुजस्तो विभिन्न स्टेज सोहरु भइरहेका छन् । यसले नेपाली समूदायलाई स्फूर्ती प्रदान मात्र गरिरहेको छैन । एकता, भ्रातृत्व र सहअस्तित्वको पयोलाई अझ मजवुत तुल्याइदिएको छ ।

त्यसो त देशको भूगोल काटेर आइसकेपछि मुलुकप्रतिको माया अझै प्रगाढ बन्नु स्वभाविकै हो । त्यसैले पनि यस्ता कार्यक्रमहरूले नेपालीत्व कायम गर्न र मुलुकको विकासका लागि इँट्टाको काम गरिरहेको छ भन्दा अतीउक्ति हुँदैन ।

यसै अनुरुप सिड्नीमा १३ अगस्टमा आयोजना गर्न लागिएको ‘तिरिमिरी साँझ’ को तयारी पूरा भएको छ ।

सिड्नीको असफिल्डस्थित सिभिक थिएटरमा आयोजना हुन लागेको कार्यक्रममा विभिन्न कलाकारहरूले धमकेदार प्रस्तुति दिने आयोजकहरूले बताएका छन् ।

सम्बन्धित शिर्षकहरु