काठमाडौं । आज देशभरि मौसम सामान्यतया मौसम सफा रहनेछ । मौसम पूर्वामान महाशाखाका अनुसार पूर्वी पहाडी भेगका एक दुई स्थानमा अपरान्ह वा साँझ पछि आंशिक बदली भई मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको संभावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।
बैशाख २५ गते (बुधवार):
दिउँसोः देशभरि मौसम सामान्यतया सफा रहनेछ तथापि पूर्वी पहाडि भेगका एक दुई स्थानमा अपरान्ह वा साँझ पछि आंशिक बदलि भई मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको संभावना छ ।
राति: देशभरि मौसम सामान्यतया सफा रहनेछ तथापि पूर्वी पहाडि भेगका एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको संभावना छ ।
बैशाख २६ गते (विहिवार):
दिउँसोः देशभर मौसम सामन्यतया सफा रहनेछ तथापि पहाडि भू-भागमा अपरान्ह पछि आंशिक बदलिको संभावना छ । पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।
राति: देशको पूर्वी पहाडी भु-भागमा आंशिक बदलि रही बाँकि भू-भागमा सामान्यतया सफा रहने देखिन्छ।
बैशाख २७ गते (शक्रवार):
दिउँसो: देशभर मौसम सामन्यतया सफा रहनेछ तथापि पूर्वी भेग लगायत मध्य र पश्चिमि पहाडि भू-भागमा अपरान्ह पछि आंशिक बदलिको संभावना छ । पूर्वी भेग लगायत मध्य र पश्चिमी पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।
राति: देशको पश्चिमि भेगमा आंशिक बदलि रहनेछ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।








