जेट एयरको विमान ठुलाे दुर्घटनाबाट जोगियो

काठमाडौं । काठमाडौँबाट दिल्लीका लागि उड्न लागेको जेट एयरको विमान ठुलो दुर्घटनाबाट जोगिएको छ । जेट एयरवेजको उडान नम्बर २६७ विमान आज दिउँसो ३ः५० मा दिल्ली उड्न लाग्दा दुर्घटनाबाट जोगिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेक अफ गर्नै लाग्दा विमानमा तेल नभएको कुरा पाइलटले थाहा पाएलगत्तै पाइलटले विमानलाई टर्न गरेर फर्काइएका थिए ।

उड्नका लागि केही मिनेटमात्र बाँकी रहेकै बेला पाइलटले विमानमा तेल सकिएको सुइँको पाएर विमान पार्किङ वेमा फर्काएकाले दुर्घटनाबाट जोगिएको बताइएको छ । विमान पार्किङ वेमा फर्काएको करिब २ घण्टापछि तेल भेरर विमान नयाँ दिल्लीका लागि उडेको जनाइएको छ ।

सम्बन्धित शिर्षकहरु