लिवियामा आन्तरिक द्धन्द चर्कियो,सुरक्षाको प्रमुख जिम्मा नेपाली सेनालाई

काठमाडौं । अफ्रिकी राष्ट्र लिवियामा आन्तरिक द्धन्द चकिएपछि सुरक्षाको प्रमुख जिम्मा नेपाली सेनालाई दिएको छ । लिवियामा विद्रोही समूह द लिवियन नेशनल आर्मीले आक्रमक कारवाही तीब्र पारेपछि सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको हो । विद्रोहीहरुले राजधानी त्रिपोली कब्जा गर्ने उद्देश्यले अघि बढेपछि सुरक्षा स्थिति तनावपूर्ण बन्दै गएको हो ।

पाँच दिनअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटोरेज तथा विद्रोही नेता खलिफा हिफ्तरबीच भेट भएको थियो । भेटले पनि निस्कर्ष निकाल्न नसकेपछि विद्रोहीले आक्रमणलाई सशक्त बनाएका छन् । राजधानी त्रिपोलको पूर्वीक्षेत्रबाट विद्रोही सेनाले आक्रमण गरिरहेको छ । सोमबार मात्र आक्रमणमा २१ जनाको मृत्यु भएको छ । विद्रोहीहरूले त्रिपोलीस्थित अन्तर्राष्ट्रिय विमानस्थललाई नो फ्लाई जोन घोषणा गरेका छन्। यसले हवाइमार्गबाट लिविया छोड्ने विकल्प बन्द गरिदिएको छ। त्रिपोलीबाट ट्युनिसियामा जाने सडकमार्ग भने चालु अवस्थामा नै छ।

संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा मिसनका प्रमुख घासन सलामे लगायत मिसनका उच्च पदस्थ पदाधिकारी राजधानी त्रिपोलीस्थित हेडक्वार्टरमा नै रहेका छन्। उनीहरू सुरक्षाको जिम्मा नेपाली शान्ति सैनिकलाई दिइएको छ। ‘मिसन हेडक्वार्टर तथा त्यहाँ कार्यरत युएन स्टाफहरूको सुरक्षा अन्समिलअन्तर्गत त्रिपोलीमा तैनाथ नेपाली शान्ति सैनिकले गरिरहेका छन्,’ सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले भनेको छ,‘मिसनमा कार्यरत २३१ जना नेपाली शान्ति सैनिकहरू सुरक्षित छन्।’

सम्बन्धित शिर्षकहरु