सचेत रहनुहोस् ! सवारी चालक र यात्रुलाई अष्ट्रेलियन सरकारको कडा नियम

अष्ट्रेलिया । अष्ट्रेलियन सरकारले गाडीको झ्यालबाट शरीरको भाग बाहिर ल्याउने कारलाई रोक्न कडा नियम बनाएको छ । नियम अनुसार, हात अथवा टाउको गाडीको झ्याल-ढोका बाहिर ल्याउनेलाई न्यु साउथ व्ह्लेसमा ३ सय ३७ डलर जरिवाना हुन्छ । त्यस्तै क्विन्सल्याण्डमा २ सय ९८, भिक्टोरियामा १ सय ४१, साउथ अष्ट्रेलियामा २ सय ४४, वेस्ट अष्ट्रेलियामा ५० डलर जरिवाना लाग्छ । यो जरिवानासंगै तीन पोइन्ट समेत काटिन्छ । यो कानुन सवारी चालक र यात्रु दुवैको लागि लागु हुनेछ ।

सम्बन्धित शिर्षकहरु