एक सय एक अविवाहित महिलालाई भत्ता

काभ्रे । पनौती नगरपालिकाले अविवाहित महिलालाई आफ्नै स्रोतबाट मासिक भत्ता दिने गरेको छ । नगर क्षेत्रका एक सय एक अविवाहित महिलाले मासिक रूपमा नगरपालिकाबाट भत्ता पाउँदै आएका नगरपालिकाको सामुदायिक विकास शाखा प्रमुख केशव बञ्जराले जानकारी दिए । ३५ वर्ष पूरा भएका अविवाहित महिलालाई नगरपालिकाले मासिक एक हजार रुपैयाँका दरले भत्ता दिने गरेको हो । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

सम्बन्धित शिर्षकहरु