बुढेसकालमा जेल चलान

बैतडी, ४ जेठ – बिगत ३२ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका बैतडीस्थीत पुर्चौडी नगरपालिका–२ महादेवस्थान बन्तोलीका ८० वर्षीयपर्मे भट्लाई जेल चलान गरिएको छ

विसं २०४२ साल भदौ १७ गते राति पुर्चौडी नगरपालिका–१० विजयपुर बरायलगाडा बस्ने ६५ वर्षीय अर्जुन अवस्थी, पुतली अवस्थी र कलशा अवस्थीसहित चारजनाको खुकुरी प्रहार गरी हत्या गरेका भट्टलाई जेल चलान गरिएको हो ।

सो दिन भट्टले सदरमुकाम गोठलापानीबाट फर्किएकाले अबेर भइसकेको भनी अर्जुन अवस्थीको घरमा बास बसेको र सोही राति भट्टले अवस्थी परिवारका चारजना सदस्यको हत्या गरी धनमाल लुटेक बताइएको छ ।

८० वर्षीय भट्टलाई प्रहरीले सोमबार मात्रै घरमा आएका बेला पक्राउ गरी जेल चलान गरेको हो । जिल्ला अदालत बैतडीले २०५१ साल भदौमा भट्टलाई २० वर्षे कैदको फैसला सुनाएको थियो ।

भट्टलाई २० वर्ष जेल चलान गर्नका लागि पुनरावेदन अदालत महेन्द्रनगरले २०५२ साल भदौ १४ गते र सर्वोच्च अदालतले २०५३ साल वैशाख १३ गते जिल्ला अदालतको फैसला सदर गरेको थियो । जेल चलान भएका भट्टको अवस्था नाजुग भएपनी कानुनको नजरमा दोषी ठहरिएका व्यक्तिले उन्मुक्ति नपाउने प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो ।

सम्बन्धित शिर्षकहरु