बैशाख ८ । काठमाडौ, न्याय परिषदले सर्वोच्च अदालतमा रिक्त्त रहेका दश नयाँ न्यायाधीश थप नियुक्त गर्ने तयारी गरेको छ । स्थायी र अस्थायी गरी दश नयाँ न्यायाधीश थप नियुक्त गर्ने अन्तिम तयारी परिषदले गरेको हो।अन्तरिम संविधानमा सर्वोच्च अदालतमा १५ जना स्थायी र आवश्यक मात्रमा अस्थायी न्यायाधीश नियुक्त गर्न सक्ने व्यवस्था छ।हाल सर्वोच्चमा १२ जना स्थायी न्यायाधीश कार्यरत छन्।सोमबार बसेको परिषदले लगातार बैठक बसेर यस सम्वन्धी निर्णय गर्ने तयारी गरेको छ।
अनिवार्य अवकाश पाएका पूर्व प्रधानन्यााधीशहरुको स्थानमा रिक्त रहेको तीन स्थायी न्यायाधीश र मुद्दाको चाप कम गर्न केही अस्थायी नियुक्ती तत्कालै गर्ने तयारी परिषदले गरेको हो।








