स्कुटरलाई ठक्कर दिने भिआइपीको पछुवा गाडीलाई पाँच सयको चिट

काठमाडौं । गत शनिवार स्कूटरलाई ठक्कर दिने पूर्वप्रम लोकेन्द्र बहादुर चन्दका सुरक्षामा खटिएका सवारीको चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । सवारी चालक सन्तोष घिमिरेले लापरवाहीका साथ सवारी चलाएको हुँदा महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी ऐन बमोजिम ५ सयको पुर्जी काटेको हो ।

चालक सन्तोष घिमिरेलाई महाशाखामै बोलाएर पाँच सय रुपैयाँ जरिवानाको चिट थमाएको हो। बिनाकारबाही छोडेको आरोपमा प्रहरीको व्यापक आलोचना भएपछि महाशाखाले सोमबार कारबाही गरेको हो। टर दुईवटा गाडीको बीचमा परेर आतिएर भ्यानको पछिल्लो भागमा ठोकिंदै लडेको र लगत्तै उठि हिंडेको भनेर लेखेपछि फेरी पनि विवादित बनेको थिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सो बा.१.झ. ९५२७ को सवारी चालक सन्तोष घिमिरेलाई दुर्घट्ना भएको आज चौथो दिनमा कसुर सम्बन्धी दफा “ङ १२” अन्तर्गत रु ५०० जरिवाना गराएको छ । महाशाखाले निज घिमिरेको नाममा काटेको पुर्जी र उनले बैंकमार्फत् भुक्तानी गरेको रु ५०० को रसिद सार्वजनिक गरेको छ ।

सम्बन्धित शिर्षकहरु