विनाशकारी हावाहुरीको वितण्डपछि फेसबुकले खुल्ला गर्‍यो क्राइसिस रेस्पन्स,के हो क्राइसिस रेस्पन्स ?

काठमाडौं । बारा र पर्सामा आइतबार साँझ ३१ जनाको ज्यान जाने गरी आएको विनाशकारी हावाहुरीको वितण्ड पछि फेसबुकले क्राइसिस रेस्पन्स खुला गरेको छ। यस्ता ठूला किसिमका प्राकृतिक प्रकोप हुँदा फेसबुकले क्राइसिस रेस्पन्स खुला गर्ने गर्दछ ।

क्राइसिस रेस्पन्समार्फत् प्राकृतिक प्रकोप प्रभावित क्षेत्रमा रहेका व्यक्तिहरुले आफू सुरक्षित रहेको जानकारी दिन सक्छन । साथै घटनासँग सम्बन्धित फोटो, भिडियो र लिङ्कहरु पनि एकै ठाउँमा पाउन सकिनेछ।

यसअघि २०७२ सालमा नेपालमा भूकम्प आउँदा पनि फेसबुकले क्राइसिस रेस्पन्स चलाएको थियो। जसका माध्यमले धेरै मानिसले आफु सुरक्षित रहेको जानकारी आफ्ना आफन्त र शुभचिन्तकहरुलाई दिएका थिए ।

सम्बन्धित शिर्षकहरु