देशभरिकै मौसम बदली: मेघगर्जन सहित पानी पर्ने,कस्तो रहन्छ आगामी तीन दिनको मौंसम ?

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसममा बदली भएको छ ।  पूर्व र पश्चिममा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले अहिले देशभरिकै मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् मन्जु बासीका अनुसार यो प्रणाली पश्चिममा कमजोर हुँदै गएकाले आज पश्चिमको मौसम एकैछिन खुल्दै बदली हुनेछ । तर काठमाण्डौसहित मध्य र पूर्वी क्षेत्रको मौसम भने सामान्यतया बदली भई दिउँसोपछि मेघगर्जन र हावाहुरीसहित पानी पर्ने अनुमान छ ।

यस्तै उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुने सम्भावना छ । अहिले बदली गराएको प्रणाली पूर्वमा अझै रहने देखिएकाले मध्य र पूर्वको मौसम एक दुई दिन पूर्ण रुपमा खुल्नेछ ।
चैत्र १६ गते (शनिबार):
दिउँसोः पूर्वी र मध्य भू-भागहरुमा सामान्य बदली रहनेछ भने पश्चिमी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । पूर्वी र मध्य भू-भागहरुका केहि स्थानहरुमा र पश्चिमी भू-भागहरुका थोरै स्थानहरुमा मेघ गर्जन सहितको क्षणिक वर्षाको संभावना देखिन्छ। हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।
रातीः देशभर आंशिक देखी सामान्य बदली रहनेछ । पूर्वी र मध्य भू-भागहरुका थोरै स्थानहरुमा र पश्चिमी भू-भागहरुका १-२ स्थानहरुमा मेघ गर्जन सहितको क्षणिक वर्षाको संभावना देखिन्छ। हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

चैत्र १७ गते (आइतवार) :
दिउँसोः पूर्वी र मध्य भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम आंशिक बदलि रहनेछ । पूर्वी भू-भागहरुका केही, मध्य भू-भागहरुका थोरै र पश्चिमी भू-भागहरुका १-२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ। हिमालि भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ।
राति: पूर्वी र मध्य भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम आंशिक बदलि रहनेछ । देशका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ। हिमालि भेगका केही स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

चैत्र १८ गते (सोमबार) :
दिउँसोः देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम आंशिक बदलि रहनेछ । देशको पहाडी भेगको केहि स्थानहरुमा र तराई भेगको १-२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ । हिमालि भेगका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ।
राति: देशभर आंशिक देखी सामान्य बदली रहनेछ । पूर्वी र मध्य भू-भागहरुका थोरै र पश्चिमी भू-भागहरुका १-२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ। हिमालि भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

सम्बन्धित शिर्षकहरु