कुनै जात विशेषलाई गाली गरेर कसैको प्रगति हुदैनः प्रधानमन्त्री

…td' Nxf]5f/ kj{ @)&@Ú sf cj;/df sf7df8f}Fsf] 6'l8v]ndf cfof]lht sfo{qmdnfO{ ;Daf]wg ub}{ k|wfgdGqL s]kL zdf{ cf]nL  . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले १२५ जातजाति र १२३ भाषाभाषीकै उत्थान गर्न सरकार लागिपरेको बताएका छन् ।

तमु ल्होसार २०७२ को उपलक्ष्यमा मूल आयोजक समितिले आज टुँडिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले “एउटै राष्ट्रिय गीत र झन्डामा एकत्रित भई सबै जातजाति र भाषाभाषीको उन्नति गर्न सकिन्छ, कुनै जात विशेषलाई गाली गरेर कसैको प्रगति हुँदैन”– भने ।

राणाकालमा राणाबाहेक क्षेत्री ब्राह्मणलाई विद्यालय खोल्न नदिइएको, पञ्चायतकालमा पनि सबै जातजातिलाई दल खोल्न नदिएकाले कुनै जात विशेषले शासन चलाएर अरुलाई अन्यायमा पारेको तर्क गर्नु नहुने प्रधानमन्त्री ओलीले उल्लेख गरे।

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपालको संविधान २०७२ मा दुईवटा विषय छुटेकाले संशोधन गरी सबैलाई स्वामित्व ग्रहण गर्न योग्य बनाइने बताए।

“संविधानमा समानुपातिक समावेशी र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणको विषय थप्नका लागि संशोधन प्रक्रिया अगाडि बढाइएको छ, यसपछि संविधानले पूर्णता प्राप्त गर्छ, समयअनुसार अन्य विषय पनि संशोधन गरिने भएकाले संविधानको विषयलाई लिएर देशलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन”– उनले भने ।

वन तथा भू–संरक्षण मन्त्री अग्निप्रसाद सापकोटाले राष्ट्रियतालाई र एकतालाई सुदृढ गर्न सबै जातजातिको साथ र सहयोग आवश्यक पर्ने बताए।

सांसद एवम् आदिवासी जनजाति महासङ्घका अध्यक्ष नागेन्द्र कुमालले संविधानमा सबै जातजातिले अपनत्व ग्रहण गर्न सक्नेगरी संशोधन गरिनुपर्ने धारणा राखे ।

सो अवसरमा गुरुङ समुदायबाट विभिन्न क्षेत्रमा योगदान गर्नुभएका व्यक्तित्वहरु सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ, आँधीखोला तमु समाजका अध्यक्ष श्रीप्रसाद गुरुङ, प्राडा योगेन्द्र गुरुङ, प्राडा देवकुमारी गुरुङ, खेलाडीद्वय धनबहादुर गुरुङ र उमेश गुरुङ, वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङ, कलाकारत्रय रामबहादुर गुरुङ, भीमबहादुर गुरुङ, र खिमबहादुर गुरुङ, पत्रकार मनिराज गुरुङ, बेपत्ता छानबिन आयोगका सदस्यद्वय आइबहादुर गुरुङ र नरकुमारी गुरुङ, पञ्चेश्वर प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर महेन्द्रबहादुर गुरुङ, नेपाल प्रहरीका डा अजितकुमार गुरुङ, नेपाली सेनाका सहायक रथी अरुण घले, गङ्गाबहादुर गुरुङ र कृष्णबहादुर गुरुङ, मेडिकल डा अनु गुरुङ, इन्जिनियर दुर्गाकुमार गुरुङ, सरकारका कामु सचिव महेन्द्रमान गुरुङ, सहरी विकास आवास तथा कम्पनीका महाप्रबन्धक डिबी गुरुङ र शिक्षासेवी कमला घलेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा समितिका अध्यक्ष टेकबहादुर गुरुङ, महासचिव सूर्य गुरुङ र सचिव लोकबहादुर गुरुङलगायतका वक्ताले तमु संस्कृति एवम् वेषभूषाका विषयमा प्रकाश पारेका थिए ।

सो अवसरमा गुरुङ समुदायको सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो ।

सम्बन्धित शिर्षकहरु