सिलिण्डर पड्किएर चार जनाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री जलविद्युत् आयोजना नजिकै ग्यास सिलिण्डर पड्किँदा सोमबार चार मजदुरको मृत्यु भएको छ । एक्कासि सिलिण्डर पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्टोरमा सोमबार साँझ भएको बिस्फोटमा परी स्टोर किपर हुम्लाका सन्दुप लामा, साइट इन्चार्ज दोलखाका भाइकाजी शेर्पा, ठेकेदार गोपाल शेर्पा र अर्का एक जना बेल्डिङ मिश्रीको मृत्यु भएको बताइएकाे छ ।तर, घटनाकाे विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित शिर्षकहरु