बिहानदेखि वेपत्ता अभिनेत्री कैटरिनाको खोजी गरिदै

बलिउड अभिनेत्री कैटरिना कैफ सोमबार बिहानैदेखि अचानक बेपत्ता भएकी छन् । खबरअनुसार कैटरिना र उनका पीआर पर्सनको मोबाइल फोनसमेत पहुँचबाहिर रहेको बताइएको छ।फोन बन्द भएका कारण सम्पर्क हुन नसकेको भारतीय संचार माध्यमले जनाएका छन् ।

एक लिडिङ वेभसाइटका अनुसार कैटरिना निकट स्रोतहरुले कैटरिना विगत निकै दिनदेखि गुगल म्याप्समा महाराष्ट्रस्थित कुनै स्थानका बारेमा जानकारी प्राप्प गर्ने कोशिसमा थिइन् । यद्यपि अनाचक कैटरिना कहाँ, किन गइन् र कहिले फर्कने छिन् भन्ने स्पष्ट हुन सकेको छैन ।

जाँच एजेन्सीहरुले कैटरिनाको खोजी सुरु गरेका छन् । उनीहरुले मोबाइल ट्रैकरको सहयोगमा कैटरिना रहेको स्थान पत्ता लगाउने कोशिस भइरहेको छ। उनका शुभचिन्तकहरु भने उनको सकुशल फिर्ताको कामना गरिरहेका छन्।कैटरिना अचानक बेपत्ता भएपछि उनका विषयमा ट्वीटमा अनेक प्रकारको टिप्पणी भइरहेका छन् ।

सम्बन्धित शिर्षकहरु