बेन्जिमा चम्कँदा रियलको जीत,सेभिल्लालाई पछि पार्दै तेस्रो स्थानमा उक्लियो

एजेन्सी । स्पेनिस ला लिगामा रियल मड्रिड सेभिल्लालाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा रियलले स्पानियोललाई ४–२ गोल अन्तरले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको हो ।

स्पानियोलको घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा सिमित भएर पनि रियलले घरेलु टोलीलाई हराएको हो । रियलको जितमा करीम बेन्जिमाले दुई गोल गरे । यस्तै ग्यारेथ बेल र कप्तान सर्जियो रामोसले एक एक गोल गरे । स्पानियोलका लियो बाप्टिसटाओ र रोबर्टो रोसेल्सले एक एक गोल गरे । खेलको चौथो मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १५ औं मिनेटमा रामोसले गोल गर्दै रियलको अग्रता २–० को बनाए ।

खेलको २५ औं मिनेटमा स्पानियोलका बाप्टिसटाओले गोल गर्दै खेल २–१ मा ल्याए । तर, खेलको ४५ औं मिनेटमा बेन्जिमाले व्यतिगत दोस्रो गोल गर्दै रियललाई पहिलो हाफमा ३–१ को अग्रता दिलाए । खेलको ६७ औं मिनेटमा बेलले गोल गर्दै रियलको अग्रता ४–१ को बनाए । खेलको ७२ औं मिनेटमा राफायल भेरोनाले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा सिमित भयो । त्यसपछि खेलको ८१ औं मिनेटमा स्पानियोलका रोबर्टोले एक गोल फर्काएपनि रियलले खेल ४–२ ले आफ्नो बनायो । जीतसंगै तेस्रो स्थानको रियलले २१ खेलबाट ३९ अंक जोडेको छ । रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा अझै १० अंकले पछि छ । बार्सिलोनाको ४९ अंक छ । पराजित स्पानियोल २४ अंक जोडेर १४ औं स्थानमा छ ।

सम्बन्धित शिर्षकहरु