एजेन्सी । स्पेनिस कोपा डेल रे को क्वाटरफाइनल खेलमा बार्सिलोना पराजित भएको छ । गएराति सम्पन्न खेलमा सेभिल्लासंग २–० गोल अन्तरले बार्सिलोना पराजित भएको हो । सेभिल्लाको घरेलुमैदानमा भएको खेलमा बार्सिलोना स्तब्ध बन्न पुगेको हो । क्वाटरफाइनल संस्करण अन्तर्गतको पहिलो लेगमा सेभिल्लालाई जीत दिलाउन खेलको दोस्रो हाफमा पाब्लो सर्विय र विसम बेन याडरले एक एक गोलको मद्धत गरेका थिए ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५८ औं मिनेटमा पाब्लोले र ७६ औं मिनेटमा याडरले गोल गर्दै सेभिल्लालाई जीत दिलाएका थिए । कप्तान लियोनल मेस्सी विना मैदान ओर्लिएको बार्सिलोनाले भर्खर मात्र यस सिजन युभेन्ट्सबाट लोनमा आएका केभिन प्रिन्स बोटिङलाई डेब्यु गराएको थियो । खेलको दोस्रो हाफमा लुइस स्वारेजको स्थानमा उनलाई खेलाइए पनि र्बािलोनाले हार टार्न सकेन । सेभिल्लासंग क्वाटरफाइनलको दोस्रो लेग बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा हुनेछ ।








