मौसमी फ्लुको सङक्रमण बढदै,स्वाइन फ्लुका बारेमा गतल प्रचार नगर्न सरकारको आग्रह

काठमाडौं । पछिल्लो समय अस्पतालहरूमा मौसमी इन्फ्लुएन्जा बिरामी बढेका छन् । उपत्यकाका मुख्य अस्पताल शिक्षण, वीर, कान्ति, शुक्रराज ट्रपिकल, अल्का, नर्भिक लगायतका अस्पतालमा मौसमी फ्लुका बिरामीहरूको सङ्ख्या बढेको ती अस्पतालले जानकारी दिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म १५० जनाभन्दा बढी व्यक्तिमा सिजनल इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) एएचवनएनवनका बिरामी देखिएका छन् । महाशाखाका अनुसार ३३४ जना बिरामीको घाँटीको ¥यालको नमूना परीक्षण गर्दा १६८ जना बिरामीमा इन्फ्लुएन्जाका बिरामी थिए । विभिन्न अस्पतालमा सिजनल फ्लु को समस्या लिएर आउने विरामी पनि धेरै रहेका छन् ।

सरकारले स्वाइन फ्लुका बारेमा सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशु सेवा विभागले  सूचना जारी गरेर सञ्चारमाध्यमा आएजस्तो नेपालका बुंगरमा एन्फ्लुएन्जा ए (एच वान एन वान) हाल सम्म नेपालमा नदेखिएको जनाएको छ ।

यो रोग सर्नमा बुंगुरको कुनै भूमिका नभएको विभागले जनाएको छ । ‘यो रोगलाई स्वाइन फ्लु भनेर प्रशारण र प्रकाशन गरेको पाइएकोले विश्व स्वास्थ्य संगठन (ड्व्लु एच ओ)ले समेत यसलाई मानिसमा देखा पर्ने सिजनल फ्लु इन्फ्लुएन्जा (एच वान एन वान पिडिएम ०९) भनी नामाकरण गरेकोले यो रोगलाई स्वाइनफ्लु भनी प्रचार नर्गन अनुुरोध छ।’ सूचनामा उल्लेख छ ।

 

 

सम्बन्धित शिर्षकहरु