यूएई सिरिजमा कप्तान पारसमाथी भार,बलिङमा सन्दीपको भर, ब्याटिङमा छैन आधार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलियो पक्ष बलिङ हो । तर युएईविरुद्धको एकदिवसीय र टी–२० सिरिजको सबैभन्दा ठुलो भार कप्तान पारस खड्कामाथी पर्ने देखिएको छ । बलिङमा नेपाली टोली बलियो भएपनि ब्याटिङ भने कमजोर बन्दै आएको छ । ब्याटिङलाई सुधार गर्ने यूएई सिरिजमा उपयुक्त मौका भएपनि ब्याटिङको भार कप्तानमाथी नै पर्ने देखिएको छ । नेपाली खेलाडीहरु धेरै लामो समय क्रिजमा जमेर ब्याटिङ गर्न सक्दैनन् । खड्का क्रिजमा जमे भने प्राय खेलहरुमा जित नै दिलाउँछन् । नेपाली क्रिकेटलाई एकदिवसीय मान्यता दिलाउन उनको ब्याटिङ मुख्य जिम्मेवार छ ।

११ माघबाट सुरु हुने सिरिजका लागि नेपाली राष्ट्रिय टिम मंगलबार युएई प्रस्थान गरेको हो । जितको लक्ष्य लिएको नेपाली टोलीका लागि ब्याटिङ पक्ष सुधार गर्ने मौका छ । तर पुराना र अनुभवी चार खेलाडीले यो सिरिजमा स्थान पाएका छैनन् । शरद भेषवाकर लामो समयसम्म क्रिजमा जम्न सक्ने खेलाडी थिए । तर पछिल्लो समय उनी पनि क्रिजमा टिक्न सकेका थिएनन् । नेपाली क्रिकेटमा नयाँ ब्याट्सम्यानको निकै खाँचो थियो । त्यो खाँचो नयाँ खेलाडीले पुरा गर्दछन् या कप्तानमाथी नै थप दवाव बनाउँछन् त्यो भने खेलको अन्तिम समिक्षामा थाहा होला ।

एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्यान्डसँग २ खेल खेलेको थियो । सिरिज १–१ को बराबरी गरेको नेपालले त्यसलाई सफलता नै मानेको थियो । युएई विरुद्धको सिरिज नेपालका लागि दोस्रो हो । यूएई जानुभन्दा अघि कप्तान खड्काले कुनै दवाव महसुस गरेका छैनन् । बलिङमा बिश्व चर्चामा रहेका सन्दीप लामिछाने छन् तर ब्याट्सम्यानमा भर पर्ने ठाउँ छैन । युएई जानेक्रममा उनले भनेका थिए ‘कुनै एक पक्ष मात्र कमजोर भयो भनेर हुँदैन । एक पक्ष कमजोर हुँदा अर्कोले समाल्नुपर्छ । अब कुनै एक पक्षलाई दोष लगाएर नेपाली क्रिकेट अगाडि बढ्दैन । हामीले एकदिवसीय वरीयता पाउँदै छौँ ।

सम्बन्धित शिर्षकहरु