मालढुङ्गा बस दुर्घटना : मृतक सात मध्ये ६ को सनाखत

पर्वत । पर्वतको कुश्मामा बस दुर्घटनामा परि मृत्यु हुने सात मध्ये ६ जनाको सनाखत भएको छ । कुश्मा नगरपालिका–१ मालढुङ्गामा आज विहान भएको मिनिबस दुर्घटनामा मृत्यु हुनेको संख्या भने ७ पुगेको छ । पर्वत प्रहरीका अनुसार दुर्घटनास्थलमै तीन र उपचारका क्रममा चारजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङका टिके परियार र उनकी श्रीमती सेती परियार, सोही ठाउँकी शान्ती महत, म्याग्दीको पाखापानीका राजेश पुन र विष्णुमाया पुनको पहिचान खुलेको छ । त्यस्तै बागलुङको कु्ँडुलेकी शान्ती केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकमध्ये एकजना पुरुषको सनाखत नभएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । बेनीबाट नारायणगढ हिँडेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा ३३ यात्रु घाइते भएका छन् । १७ जना गम्भिर घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरि पोखरा लगिएको छ ।

सम्बन्धित शिर्षकहरु