प्रमुख दलका १५ भन्दा बढी नेता किन पुगे भारतीय दूतावास ?

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक टुंगो नलागेर सरकार निर्माणमा ढिलाइ भइरहँदा प्रमुख दलका दोस्रो तहका नेताहरु भारतीय दूतावास पुगेका छन् । उनीहरु दूतावासका राजनीतिक मामिला विङ्स प्रमुख एस गोपालकृष्णनको बिदाइ पार्टीका सहभागी भएका हुन् ।

पाटीमा एमाले, कांग्रेस, माओवादी केन्द्र तथा मधेसकेन्द्रित दलका नेता सहभागी थिए । बिदाइ पाटी भनिए पनि त्यहाँ राजनीतिक अवस्थाबारे अनौपचारिक छलफल समेत भएको स्रोतले जनाएको छ ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रेहका कांग्रेस नेता प्रकाशशरण महतले दूतावासका राजनीतिक मामिला प्रमुखको बिदाइ कार्यक्रमको निमन्त्रणा आएकाले सहभागी भएको बताए । उनले १५ भन्दा बढी नेता सहभागी भएको जानकारी दिए । पार्टीमा एमाले नेता राजेन्द्र पाण्डे, कांग्रेस नेता अमरेशकुमार सिंह, माओवादी नेता प्रभु साहसमेतको उपस्थित थियो । आजको कान्तिपुर दैनिकले खबर छापेको छ ।

सम्बन्धित शिर्षकहरु