चोभारमा स्थानीय र प्रहरीबीच झडप, विरोधकाबीच सुख्खा बन्दरगाहको शिलान्यास

काठमाडौं । चोभारमा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार शिलान्यास गरेका हुन् । स्थानीय केही व्यक्तिले सिमेन्ट कारखानाको जग्गा आफूहरुलाई दिनुपर्ने भन्दै विरोध गरेकाले लामो समयदेखि बन्दरगाह निर्माण सुरु हुन सकेको थिएन ।

बिहीबार पनि विरोधमा प्रदर्शन गर्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयले ऐतिहासिक र पर्यटकीय महत्व बोकेको चोभारमा सुख्खा बन्दरगाह निर्माण गरिनु नहुने अडान राख्दै निरन्तर दवावमूलक आन्दोलन गर्दै आएका छन् । कार्यक्रम वरपर अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्बन्धित शिर्षकहरु