काठमाडौं । आज शुक्रबार बिहान उपत्यकाको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । बिहिबार बिहान ५.५ डिग्री मापन गरिएको तापक्रम शुक्रबार घटेर १.४ डिग्री सेल्सियसमा झरको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चिसो हावा चलेपछि बिहिबार काठमाडौं उपत्यकामा धेरै चिसो महसुस गरिएको थियो । तर शुक्रबार भने बिहिबारको जस्तो चिसो हावा नचल्ने मौसमविदले जनाएका छन ।
हुम्लामा हिमपात भएपछि शुक्रबार बिहान सिमिकोटको तापक्रम माइनस १३ डिग्री सेल्सियसमा झरेको छ । डडेलधुराको तापक्रम माइनस १.३ डिग्रीमा झरेको जल तथा मौसम पूर्वानुमान महाशखाले जनाएको छ ।








