सिनेटमा राष्ट्रपति ट्रम्पलाई झड्का

एजेन्सी । अमेरिकी सिनेटले साउदी अरबको नेतृत्वमा यमनमा चलिरहेको युद्धमा साउदीलाई अमेरिकाले सहयोग नगर्ने र साउदी पत्रकार जमाल खशोग्जीको हत्याको जिम्मा साउदी राजकुमार सलमानलाई लगाउने पक्षमा मतदान गरेको छ। यसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठूलो झट्का लागेको बताइएको छ। राष्ट्रपति ट्रम्प सिनेटमा पारित भएको विषयको विक्षमा थिए।

सिनेटमा भएको मतदानमा ट्रम्पको पक्षमा ४१ मत खस्यो भने ट्रम्पको विपक्षमा ५६ मत खसेको बीबीसीले जनाएको छ। ट्रम्पले यस विषयमा भिटो प्रयोगगर्ने बताएपनि संसदमा यस विषय पारित हुन मुश्किल भएको बताइएको छ।

पत्रकार जमाल खशोग्जीको हत्या प्रकरणमा विपक्षी पार्टी डेमोक्रेटिक्सहरुले साउदी अरब र राजकुमार मोहम्मद बिन सलमानको आलोचना गरिरहेको छ।

यस विषयमा राष्ट्रपति ट्रम्पकै पार्टी रिपब्लिकनका नेताहरुले डेमोक्रेटिकको साथ दिएका छन्। उनीहरुले ट्रम्पलाई ‘अस्थिर विदेश नीतिलाई नरम’गर्न भनेका छन्।

आफ्नै पार्टीका सांसदहरु विपक्षमा उभिएपछि ट्रम्पलाई नयाँ नीति र नियम पारित गराउन अप्ठ्यारो हुने बताइएको छ।

सम्बन्धित शिर्षकहरु