काठमाडौंको न्युनतम तापक्रम अहिलेसम्मकै कम,आंशिक बद्लीको सम्भावना

काठमाडौं । आइतबार बिहान काठमाडौं उपत्यकको तापक्रम चार दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । शनिबार ५ दशमलव २ मापन गरिएको काठमाडौंको तापक्रम आइतबार बिहान ४ दशमलव ४ डिग्री सेल्सियसमा झरेको हो ।

४० वर्षअघि सन् १९७८ को जनवरी ११ मा काठमाडौंको न्युनतम तापक्रम अहिलेसम्मकै कम माइनस ३ दशमलव ५ डिग्रीसम्म पुगेको थियो । आइतबार दिउँसो पहाडी भेगमा आंशिक बद्लीको सम्भावना रहेको छ भने पूर्वी र पहाडी भेगका १,२ ठाउँमा छिटफुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु