जागिर बाट अवकाश लिए पछि भरत आचार्य गजल र हाइकु सेन्युमा

काठमाण्डौ ।  २०२० साल असार २५ गते (काहुँ मेल बोट ) हाल पो. ले. म.न.पा. ११ जन्मेका भरत आचार्य सानै देखि सृजनशिल भए पनि आफ्नो कला कौशल सिमित घेरा भित्रै राखे । आर्थिक स्थिती कम्जोर भएका कारण पढाइ र अर्थोपार्जनमा हात साह्रो गर्दैमा आफ्नो प्रतिभा बाहिर ल्याउन सकेनन् । २०४५/४६ साल पछि भने मूर्तिकला र जागिर बाट जीवन यापन सहज हुँदै गएको बताउँछ्न् ।

साहित्यमा सानै देखि रुचि भए पनि जागिर बाट अवकाश लिए पछि मात्र निरन्तर रुपमा लागि रहेको बताउँछन् । फुटकर रचना प्रसस्त प्रकाशन भए पनि पुस्तकाकार भने तयारी गर्दै रहेको बताउँछ्न् । गजल र हाइकु सेन्युमा विशेष रुचि भए पनि सबै बिधामा कलम चलाउँछ्न् मूर्ति र रुट आर्ट (जरा मुङ्ग्रा बाट आकृती) मा उत्तिकै पारखी आचार्य आउँदा दिन कला र साहित्य कै सेवा गर्ने बताउँछ्न् ।

गजल

भेटिन्छ्न् साथी साँझमा दिलदार हजुर
पकेट गरम भए आफ्नै हो बजार हजुर।

चटक्क परेर निस्किनु होस् बजारमा
आँखामा आँखा जुध्छन् दुईचार हजुर ।

बन्जर भए मुरीका मुरी फल्ने खेतवारी
गाउँघरका आँगनमा उम्रेका छ्न् झार हजुर ।

यी बुढा रोगी लोभी आसक्त नेता हरु
भएका छन् राज्यकोषलाई भार हजुर ।

सुलभ भयो हात हातमा स्मार्ट फोन छ
स्क्रीनमा देखिन्छ प्रियाको अनुहार हजुर ।

सम्बन्धित शिर्षकहरु