काठमाडौ उपत्यकासहित पहाडी क्षेत्रमा मौसम बदली,उच्च पहाडी भेगमा हिउँ पर्ने सम्भावना

काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश पहाडी क्षेत्रको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण लगातार बदली भएको महाशाखाले जनाएको छ ।

अहिले काठमाडौँसहित पहाडी क्षेत्रको मौसम बदली भएको र दिनभरि नै यस्तै रहने महाशाखाको पूर्वानुमान छ । एक दुई ठाउँमा छिटफुट पानी परेपनि काठमाडौ उपत्यकामा पानी पर्ने सम्भावना नरहेको तर, उच्च पहाडी क्षेत्रका केही ठाउँमा भने हिउँ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तराईका विशेष गरी सीमा क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । दिउँसो बिस्तारै हुस्सु खुल्दै जाने महाशाखाको भनाई छ । काठमाडौँ उपत्यकाको आज बिहानको न्युनतम तापक्रम ८ डिग्री मापन गरिएको छ ।

यो अघिल्लो दिनको तुलनामा ०.६ डिग्रीले बढी रहे पनि अधिकतम तापक्रम घट्दै गएको छ । आइतबार उत्यकाको अधिकतम तापक्रम १९ देखि २१ डिग्रीको बिचमा रहने अनुमान छ ।

सम्बन्धित शिर्षकहरु