राष्ट्रपतिलाई गाडी किन्न भिख माग्दा २३ सय ५० संकलन

काठमाडौं । राष्ट्रपतिका लागि गाडी खरिद गर्न लागेको विरोधस्वरुप पशुपति मन्दिर परिसरमा केही युवाले भीख मागेका छन् । सरकारले राष्ट्रपतिको गाडी खरिदका लागि १८ करोड बजेट दिएको सांकेतिक विरोधमा युवाहरुले पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका हुन् । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

संकेतिक विरोधस्वरुप भिख माग्न पशुपति क्षेत्रमा पुगेको यज्ञ ढकालले बताए । शनिबार बिहान ११ बजेदेखि उनीहरुले दुई घण्टासम्म भिख मागेर २३ सय ५० रुपैयाँ संकलन गरेका छन् । यो रकमबाट नमुना गाडी बनाएर राष्ट्रपतिलाई उपहार दिने योजना रहेको ढकालले बताए । यस विषयमा इन्जिनियर युवाहरुसँग छलफल भइरहेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा सक्रिय स्वतन्त्र युवा शनिबार भिख माग्न पशुपति क्षेत्रमा पुगेका हुन् । भिख माग्ने कार्यक्रममा करिब दुई सय युवा सहभागी भएको ढकालको भनाइ छ ।

सम्बन्धित शिर्षकहरु