साउन ३२, काठमाडौं । तरार्इ क्षेत्रमा बाढी साम्य भएसँगै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको तथ्याङ्क तत्काल संकलन गर्न सरकार समक्ष माग राखेको छ । बाढी पहिरो प्रभावित क्षेत्रलाई तत्काल संकटग्रस्त क्षेत्र घोषणा गर्न समेत एमालेले सरकारलार्इ अाग्रह गरेको छ । प्रभावित क्षेत्रका जनतालाई तत्काल १ लाखका दरले राहत उपलब्ध गराउन, ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति स्वरुप पाँच लाख दिनुपर्ने, पीडित परिवारलाई आवास निर्माणका लागि तत्काल ३ लाख अनुदान र ३ लाख निर्व्याजी ऋण उपलब्ध गराउन पनि एमालेले सरकारलाई सचेत गराएको छ ।
बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त माग राखेका हुन् । पीडितको राहत, उद्धार र पुनःस्थापनाको काममा सरकारलाई गम्भीर हुन पनि अोलिले आग्रह गरे ।








