मङ्सिर २, काठमाडौँ- नेपालमा समिक्षकको राम्रो प्रतिक्रिया मात्र नभई हलहरुमा यथेष्ट दर्शक बटुल्न सफल नेपाली चलचित्र टलक जंग भर्सेस टुल्के सिड्नीमा पनि प्रदर्शन हुने भएको छ ।
बहुप्रतिक्षित चलचित्र टुल्के सिड्नीको रुफ टप सपिंग सेन्टरस्थित इभेन्ट सिनेमामा आउदो नेभेम्बर २३ तारिकका दिन प्रदर्शन गरिने आयोजकले जानकारी दिएका छन् । आयोजकका अनुशार टिकटको मूल्य प्रति टिकट २५ डलर तोकिएको छ ।
रेकर्ड ब्रेकर चलचित्र लुट का निर्देशक निश्चल बस्नेतले निर्देशन गरेको तुल्केले नेपालमा राम्रो ब्यापार गरिरहेको छ । चाइनिज लेखक लि शुनको कथामा आधारित चलचित्र एक युवाको कथा हो जहाँ उसले आफ्नो गुमेको पहिचान फिर्ता ल्याउनका लागि जीवनमा संघर्ष गर्दछ ।
रबिन्द्र सिंह बानियाको निर्माण रहेको चलचित्रमा खगेन्द्र लामिछाने, दयाहांग राइ र रीचा शर्माको प्रमुख भूमिका रहेको छ ।








