अष्ट्रेलियाको सिड्नीमा भएको’नेपाल फेष्टिभल’ भव्य रुपमा सम्पन्न,देश एक,कथा अनेक(फोटोफिचर)

सिड्नी । गैरआवसीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले सिड्नीमा आयोजना गरेको नेपाल फेष्टिभलको भब्य रुपमा सम्पन्न भएको छ । नेपाली समुदायमा एकता कायम राख्ने उद्देश्यका साथ आयोजना गरिएको ‘नेपाल फेष्टिभल’मा ठूलो सख्यामा त्यहा रहेका नेपालीहरुको सहभागीता रहेको छ ।

सिड्नीको डार्लिङ हार्बरमा रहेको टुम्बालोङ पार्कमा भईरहेको फेष्टिभलमा विभिन्न नेपाली कलाकारहरुले आ आफ्नो प्रस्तुति समेत दिएका थिए । त्यहा नेपाल चिनाउन विभिन्न सामाग्रीहरु राखिएका थिए । नेपाल फेष्टिभलमा सहभागी हुने कलाकारहरु राजेश पायल राई, पशुपति शर्मा, आँचल शर्मा लगायतका कलाकार पुगेका थिए ।

सम्बन्धित शिर्षकहरु