काठमाडौं । काठमाडौँको तीनकुने गैरीगाउँमा दुई समूहबीच खुकुरी हानाहान हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार दिउँसो तीनकुने गैरीगाउँस्थित सुकम्बासी टोलमा दुई समूहका बीचमा झडप हुँदा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ।
बागमती वारि र पारिका दुई सुकुम्बासी टोलबीच भएको झडपमा बिक्की लिम्बूको मृत्यु भएको हो। उनको सिभिल अस्पताल उपचारका क्रममा मृत्यु भएको वृत्त बानेश्वरले जनाएको छ। त्यस्तै घटनामा घाइते भएका २३ वर्षीय अनिल श्रेष्ठ राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।








