तीन हप्तापछि आज मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौं । वरिष्ठता विवादका कारण तीन हप्तादेखि बस्न नसकेको मन्त्रीपरिषद् बैठक विहीवार दिउँसो ३ बजे बोलाइएको छ ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र संघीय मामिला तथा स्थानिय विकास मन्त्री कमल थापाबीच वरिष्ठताको विषयमा विवाद चुलिँदै गएपछि तीन सातादेखि बैठक बस्न सकिरहेको थिएन । बैठक दिउँसो ३ बजेका लागि डाकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता दामोदर रेग्मीले जानकारी दिए ।
वरियता विवादका कारण प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण तालिका पनि मन्त्रीपरिषद्बाट पारित हुन सकेको थिएन । चीन भ्रमणको क्रममा पनि प्रधानमन्त्री दाहालले आफ्नो कार्यकारी पनि नियुक्त नगरिकन भ्रमणका लागि निस्किएका थिए ।
प्रधानमन्त्री चीन भ्रमणबाट फर्किदा पनि दुई उप–प्रम निधि र थापाको वरिष्ठता विवाद एअरपोर्टमा पनि देखिएको थियो । ३ हप्ता पछि बस्न लागेको मन्त्रीपरिषद् बैठकले वरिष्ठता विवादको टुंगो लगाउने अनुमान गरिएको छ ।

सम्बन्धित शिर्षकहरु