अमिताभ बच्चनले तिरिदिए १४ सय किसानको ऋण

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चले सयौं किसानको ऋण तिरिदिएका छन्। उनले उत्तर प्रदेशका एक हजार ३९८ जना किसानले लिएको ऋण चुक्ता गरेका बताएका छन्। यसका लागि उनले छ करोड नेपाली रुपैयाँभन्दा बढी खर्चेका छन्। मंगलबार बच्चनले आफ्नो ब्लगमार्फत ऋण चुक्ताबारे जानकारी दिएका हुन्।

यसबाट आफूलाई ‘एउटा काम पूरा गरेको महसुस भइरहेको’ पनि उनले बताए। एक सरकारी बैंकबाट किसानले लिएको ऋण अमिताभले तिरिदिएका हुन्। बैंक अफ इन्डियासँग सम्झौता गरेर उनले एकमुस्ट ऋण चुक्ता गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। उनले किसानलाई भेटेरै ऋणमुक्तिको प्रमाणपत्र दिने इच्छा व्यक्त गरेका छन्।

सम्बन्धित शिर्षकहरु