काठमाडौं । काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढेको छ । वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकामा गत वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । समयसम्म पानी नपरेकाले धुलोका कारण वायुमण्डल प्रदूषित भएपछि चिसो बढेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । ‘सिजनल इफेक्ट मौसमी प्रभावले न्यूनतम तापक्रम तलमाथि भइरहेको हो । तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ”, उहाँले भन्नुभयो ।
मौसमविद्का अनुसार अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने छ । पहाडी क्षेत्रमा लामो समय पानी नपरेका कारण तुवाँलोले दृश्यता कमजोर भएको छ ।अहिले पानी पर्ने कुनै सम्भावना नरहेको नगरकोटीले जानकारी दिनुभयो । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो याम शुरु हुन्छ । केही दिनदेखि दिउँसोको तापक्रमसमेत २ देखि ३ डिग्री सेल्सियसका दरले घटिरहेको छ । यस्तो अवस्थामा सुधार नआए केही दिनमै ह्वात्तै जाडो बढ्न सक्ने बताइएको छ । तापक्रम क्रमशः घट्दो क्रममा छ ।
मंसिर ०५ गते (बुधवार)
दिउँसो: देशको पूर्वी भू-भागमा आंशिक बदलिको संभावना छ भने बाँकि भू-भागमा मौसम समान्यतया सफा रहने देखिन्छ ।
राती: देशभर पश्चिमि भू-भाग साथै मध्य र पुर्वी पहाडि भू-भागमा आंशिक बदलिको संभावना छ।
मंसिर ०६ गते (विहिवार)
दिउँसो: देशभर मौसम समान्यतया सफा रहने देखिन्छ ।
राती: देशभर मौसम समान्यतया सफा रहने देखिन्छ
मंसिर ०७ गते (शुक्रबार)
दिउँसो: देशभर मौसम समान्यतया सफा रहने देखिन्छ ।
राती: देशभर मौसम समान्यतया सफा रहने देखिन्छ








