वडाध्यक्षका भाइको गोली हानेर हत्या

विराटनगर । सुनसरीको दुहबीमा गोली प्रहार गरेर १ जनाको हत्या भएको छ । दुहबी नगरपालिका–९ सोनापुरका वडाध्यक्ष मेहदी हुसेनका भाइ फिदा हुसेनको गोली हानी हत्या भएको हो ।
सोनापुरको इँटाभट्टा नजिकै नहरबाट जाँदै गरेका उनलाई नचिनेका मोटरसाइकलमा आएका ३ जनाको समूहले गोली हानेर भागेको स्थानीय बिनय पोखरेलले जानकारी दिए । छातीमा गोली लागेर ढलेका उनको उपचारको लागि लैजाँदै गर्दा दुहबी नपुर्र्याउँदै ज्यान गएको हो ।

सम्बन्धित शिर्षकहरु