एजेन्सी – युइएफए नेशन्स कपमा विश्व विजेता फ्रान्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । १५ खेलको अपराजित रहदै आएको फ्रान्स नेशन्स लिग अन्तर्गत लिग ए को समूह ए को खेलमा डच टोलीले २-० ले पराजित गरेको हो। नेदरल्याण्ड्सले दुवै हाफमा एक-एक गोल गरेको थियो। उसका लागि मेमफिस डिपाए र जर्जियाओ विज्नालडमले गोल गरे।
जितपछि नेदरल्याण्ड्सले ३ खेलबाट ६ अंक जोडेको छ र समूह विजेता बन्ने सम्भावना समेत कायमै राखेको छ। सबै ४ खेलपछि खेलिसकेको फ्रान्स अझै ७ अंकका साथ समूहको शीर्ष स्थानमा छ। डचको जितपछि पूर्व विश्व विजेता जर्मनी भने यस समूहबाट एक खेल अघि नै रेलिगेट भंएको छ। जर्मनीको ३ खेलबाट १ अंक मात्र छ। जर्मनी अब लिग ए बाट लिग बी मा जरेको छ।
अब समूहको अन्तिम खेलमा नेदरल्याण्ड्सले जर्मनीसँग खेल्नेछ र उक्त खेल बराबरी गरे मात्र पनि नेदरल्याण्ड्स समूह विजेता बन्नेछ। नेदरल्याण्ड्स पराजित भएमा भने प्रान्स समूह विजेता हुनेछ।








