काठमाडौं । गुन्डा नाइके समिरमान सिंह बस्न्यातकी श्रीमती पक्राउ परेकी छिन् । महानगरीय अपराध महाशाखाले बस्न्यातकी श्रीमती माया शेरचनलाई आइतबार स्वयम्भुको ठूलो भर्याङ क्षेत्रबाट पक्राउ गरेको हो। काठमाडौं जिल्ला अदालतले पुरक अभियोग पत्र पेश गर्न प्रहरीलाई अनुमति दिएपछि उक्त घटनाले नयाँ मोड लिएको छ।
निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन र युवा संघका रूपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्यामा पेस्तोल दिएको अभियोगमा उनलाई पक्राउ गरिएको हो । गत वर्ष असोज २३ गते राजधानीको शान्तिनगरमा गोली हानी गौचनको हत्या भएको थियो।








