काठमाडौं । नालामा खसेर एकजना साइकल यात्रुको मृत्यु भएको छ । काठमाडौंको कीर्तिपुरमा त्रिभुवन विश्व विद्यालय (त्रिवि)को मूल गेट नजिकैको ढलमा परेर शनिबार बिहान एक जना साइकल यात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय पुरष व्यक्ति रहेका छन् । उनको परिचय खुलेको छैन ।
सडक छेउमा खुल्ला रहेको ढलको खाल्डोमा ती यात्री साइकलसहित खसेर मृत्यु भएको स्थानीयले बताएका छन् । स्थानीयबासिन्दाले मानिस ढलमा परेको जानकारी दिएपछि गएको प्रहरीले ती व्यक्तिलाई ढलबाट निकालेको थियो । उनी कतिखेर ढलमा खसेका हुन भन्ने खुलेको छैन । पटक–पटक स्थानीयले सडकमा खुला रुपमा रहेको ढल व्यवस्थापन गर्न आग्रह गर्दै आएका थिए । तर, सरोकारवाला निकायले बेवास्ता गर्दै आएको आरोप स्थानीयले लगाएका छन् । स्थानीयले जनताको ज्यान जाने गरेर ढलको ढकन नलगाइ पासो बनाएर राख्ने कर्मचारी र सरकारी निकायलाई कारबाहीको माग उठेको छ ।



(तस्बिर सुनिल रञ्जन सिंहको फेसबुकबाट साभार)








