निर्मला प्रकरणः निलम्वित एसपी विष्ट र प्रहरी निरिक्षक भट्टको स्पष्टीकरण पत्र गृहमन्त्रालयमा बुझाइयो

काठमाडौं । निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको अभियोगमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्टले स्पष्टीकरण बुझाएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालले बुधवार दिउँसो एसपी विष्ट र भट्टको स्पष्टीकरण पत्र गृह मन्त्रालय पठाइएको छ । निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको छानबिनमा लापरवाही गरेको भन्दै गृहले किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधेको थियो ।

छानबिन समितिको प्रतिवेदनले समेत प्रहरीको लापरवाही देखाएपछि विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई स्पष्टीकरण सोधिएको हो । गृह मन्त्रालयले एसपी विष्टलाई गत भदौ ९ गते निलम्बन गरेको थियो। प्रहरीले निर्मलाको हत्यामा ४१ वर्षीय दिलीपसिंह विष्टलाई मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेपछि प्रहरीको अनुसन्धान शङ्कास्पद भएको भन्दै स्थानीय आन्दोलित बनेका थिए।

निर्मला घटनाबारे अनुसन्धान गर्न सरकारले गठन गरेको छानबिन समितिले तयार पारेको प्रतिवेदनमा एसपी विष्टले अनुसन्धानमा लापरबाही गरेको निष्कर्ष निकालेसगैं एसपी विष्ट कारबाहीमा परेका हुन् ।

सम्बन्धित शिर्षकहरु