काठमाडौं । काठमाडौं-तरार्इ-मधेश द्रुतमार्ग आयोजनाका लागि प्राविधिक कर्मचारीहरुकाे माग गरिएकाे छ । नेपाली सेनाले निर्माण गरिरहेको साे अायाेजनामा काम गर्न इच्छुक एवं याेग्यता पुगेका व्यक्तिबाट सूचना प्रकाशित भएकाे मितिले १५ दिनभित्र अावेदन माग गरिएकाे हाे । साे द्रुतमार्ग निर्माणका लागि भूवैज्ञानिकदेखि हाइवे इन्जिनियरसम्मका प्राविधिक माग गरिएकाे हो । विभिन्न १० विधाका विज्ञहरुका लागि अावेदन खुलेकाे हाे ।
सेनाले फाष्ट ट्रयाकमा पर्ने अग्ला पुल, सुरुङ तथा अन्य चुनौतीपूर्ण कामहरु गर्नका लागि प्राविधिक मागेको जनाएकाे छ । फाष्ट ट्रयाकमा ७५ मिटर सम्म उचार्इका ठुला साना गरि ९९ वटा करिव ९ किलोमिटर लामो पुल, तीनवटा टनेल निर्माण गर्न र अन्य विभिन्न प्राविधिक आवश्यक पर्छ ।









