काठमाडौं । दशैंमा घर जाने यात्रुको सहजताका लागि असोज २४ गते घटस्थापनाको दिनदेखि ३१ गते महाअष्टमीको दिनसम्म सार्वजनिक सवारीको लागि इजाजतपत्र (रुट परमिट) खुला गरिएको छ। यातायात व्यवस्था विभागले असोज २४ गतेदेखि सार्वजनिक रुट परमिट खुला गरेको हो । यो समयमा कार र बाइक बोक्ने ट्रकलार्इ नारायणगढ-काठमाडौंसम्म सञ्चालनमा रोक लगाइएको यातायात व्यवस्था विभागले जनाएको छ।
इजाजतपत्र खुला भएसँगै चाडबाडको समयमा यात्रुलाई सुरक्षित गन्तव्यमा ल्याउन तथा लैजानका लागि सहज हुनेछ । दशैँको समयमा इजाजतपत्र खुला गर्दा जुन सवारी साधन जता पनि जान पाउनेछ । यसै सूचनालाई आधार मानी यातायात आवगमनका संगलग्न कर्मचारीहरुलाई सोही अनुसार यातायात आवगमन सहज बनाउन विभागले अनुरोध गरेको छ।









