बंगबन्धु गोल्डकप:पहिलो खेलमा नेपाल पराजित

काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप अन्तरगत आफ्नो पहिलो खेलमा साविक विजेता नेपाल ताजिकिस्तानसँग पराजित भएको छ । नेपाल ताजकिस्तानसँग २-० गोलअन्तरले पराजित भएको छ।
बंगलादेशको सिलटमा मंगलबार भएको खेलमा बलियो टोली ताजकिस्तानले दुबै हाफमा नेपालविरुद्ध दुर्इ गोल गरको थियो।
बंगलादेशको सिलेटस्थित रंगशालामा भएको खेलमा पहिलो र दोस्रो हाफमा १–१ गोल खाँदै नेपाल ताजिकिस्तानसँग पराजित भएको हो । यो पराजयपछि नेपालको सेमिफाइनल यात्रा कठिन भएको छ ।
ताजिकिस्तानसँग पराजित भएपछि समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्नेछ । यो खेलमा नेपालले जित निकाल्नै पर्छ । नेपालको अघिल्लो चरणको यात्रा बिहीबार ताजिकिस्तान र प्यालेस्टाइनबीच हुने खेलको नतिजामा पनि भर पर्नेछ ।

सम्बन्धित शिर्षकहरु