काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटाले सरस्वती युथ क्लबलाई पराजित गरेको छ । आइतबार सातदोबाटोमा भएको खेलमा संकटाले सरस्वती युथलाई १-० ले पराजित गरेको हो । खेलको अन्तिम मिनेटमा संकटाका लागि लक्ष्मण रुचालले गोल गरे । निर्धारित समयमा कुनै पनि गोल हुन सकेको थिएन । तर, थपिएको समयमा संकटा हावी भयो । जितसँगै संकटाको तीन अंक भएको छ ।
शनिबार भएको पहिलो चरणको लिगको पहिलो खेलमा आर्मी र एनआरटीले २(२ गोलको बराबरी खेलेका थिए ।
यससँगै अंक तालिकामा संकटा शीर्षस्थानमा पुगेको छ । त्यस्तै आर्मी र एनआरटीको समान एकरएक अंक छ ।








