काठमाडौं । सरकार दस प्रतिशत भाडा बढाउन राजी भएपछि यातायात व्यवसायीले आगामी १० गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिबीच शनिबार यस्तो सहमति जुटेको हो ।
बैठकमा भाडा वृद्धि गर्नेलगायत ४ बुँदे सहमति भएको यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले बताए । यसअघि विभाग र व्यवसायीबीच असोज ५ देखि
बैठकमा भाडा समायोजन, बस व्यवसायी समितिका बन्द खाता खोल्नेलगायत सहमति भएपछि बुकिङ खोल्ने तयारी भएको ढकालले बताए । ‘१६ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ, औसतमा १० प्रतिशत भाडा बढाउने सहमति भएको हो,’ ढकालले भने, ‘अब व्यवसायीले बुकिङ खुला गर्नुहुन्छ ।’ गत चैतमा यातायात क्षेत्रमा सिन्डिकेट अन्त्य घोषणा गर्दै सरकारले महासंघअन्तर्गतका समितिका सबै बैंक खाता रोक्का गरेको थियो ।
खाता रोकिएपछि दुर्घटनामा घाइते भएकाको उपचार, क्षतिपूर्ति, बिमा, कर्मचारीको तलब भत्तालगायत रोकिएको भन्दै व्यवसायीले खोल्न दबाब दिँदै आएका थिए ।बुकिङ खोल्ने सहमति थियो । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपछि व्यवसायीले भाडा नबढेसम्म बुकिङ नखोल्ने अडान राखेका थिए । कान्तिपुर दैनिकबाट ।








