निर्मलाको हत्या भएको घटनास्थलमा किन लगिएन कुकुर ?

काठमाडौं । शवको प्रकृतिकै आधारमा निर्मलाको बलात्कारपछि हत्या भएको अनुमान गर्न गाह्रो थिएन । यस्तो गम्भीर घटनामा प्रहरीको सुरुवाती अनुसन्धान भने उदेकलाग्दो थियो । प्रहरीले घटनास्थलको सुरक्षामा समेत चासो दिएन ।

अर्कोतर्फ यस्ता घटनामा प्रहरीले तालिमप्राप्त कुकुरको सहयोग लिने गर्दछ । तर, यो घटनाको अनुसन्धानमा कुकुर नझिकाइनुले प्रहरीको नियतमाथि झन् प्रश्न उठेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

यदि तालिमप्राप्त कुकुर लगिएको भए अभियुक्त कुन बाटो गएका थिए भन्ने पत्ता लाग्थ्यो । जसले प्रहरीले अनुसन्धानका लागि सहजता हुनसक्थ्यो । तत्कालीन प्रहरी प्रमुख विष्टले अनुसन्धानमा चरम लापरबाही गरेका थिए ।

पाँच दिनसम्म पनि उनी घटनास्थल नगएको गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय छानबिन समितिका एक अधिकारीले बताए । प्रहरीले सुरुदेखि नै आफूहरूलाई असहयोग गरेको र घटनास्थलको सुरक्षा गर्नभन्दा इन्सपेक्टर एकेन्द्र खड्काले उल्टो धम्काएको निर्मलाका बुबा यज्ञराज बताउँछन् ।

सम्बन्धित शिर्षकहरु