स्थानीय तह निर्वाचन आज बिहान ७ बजेदेखि सुरु भइ साँझ ५ बजे सम्पन्न भएको छ। प्राय जसो केहि मतदान स्थल बाहेक देशभर शान्त पूर्वक मतदान सम्पन्न भएको जानकारी छ। अहिलेसम्मको प्रारम्भिक नतिजा हेर्दा करिब ६० प्रतिशत मत खसेको छ। देशभरका सबै ७५३ पालिकामा शुक्रबार भएको स्थानीय तह निर्वाचनको मतदानको निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने समय तोकेको थियो। तर, तोकेको समय सिमा भित्र अर्थात बेलुकी ५ बजेभित्र लाइनमा बसेकाहरुले भने मतदान गर्न पाउने आयोगले जनाएको थियो।प्रारम्भिक परिणाम अनुसार निर्वाचनमा हालसम्म करिब ६० प्रतिशत मतदान भएको आयोगले जनाएको छ। तर अन्तिम विवरण आउन अझै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ। आज प्राय देशका केही स्थानमा झपड र विवाद भएपछि मतदान प्रक्रिया रोकिएको छ। ती स्थानहरु मध्ये केही स्थानमा मतदान पुनः सुचारु भइसकेको छ भने केही स्थानहरुमा अर्को दिन मतदान गर्ने गरी निर्वाचन नै स्थगित गरिएको जानकारी आएको छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्म करिव १६ जिल्लाका विभिन्न मतदान केन्द्रहरुमा झडप र विवाद हुँदा निर्वाचन नै रोकिएको खबर छ । निर्वाचन रोकिने जिल्लाहरु ताप्लेजुङ, खोटाङ, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, नुवाकोट, काठमाडौं, काभ्रे, मकवानपुर, रौतहट, बारा, दाङ, कालिकोट र हुम्ला रहेका छन । उक्त जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ।
सम्बन्धित शिर्षकहरु
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री देउवा
असार २१, काठमाण्डौं । प्रधानमन्त्री शेर बहादुर देउवाले चांडै भारत भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्रीको […]
जोशी हाइड्रोपावरको आईपीओ आजदेखि
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइतबारदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) […]
दैलेखमा ग्यास र पेट्रोल भएको चिनियाँ टोलीद्वारा पुष्टी, चार हजार मिटर ड्रिलिङ हुने
काठमाडौं। चिनियाँ प्राविधिक टोलीले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टी गरेको छ। नेपाल र चीन सरकारबीच भएको […]
मुम्बईको लज्जास्पद हार
एजेन्सी । इण्डियन प्रिमियर लिग आइपीएलमा सनराइजर्स हैदरावाद विजयी भएको छ। मंगलबार राति मुम्बईको घरेलु मैदानमा […]
नेपालमा इबोला भाइरस आउन नदिन सरकारी रणनीति
साउन २८, काठमाडौँः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इबोला भाइरस सङ्क्रमण रोकथामका लागि पूर्व तयारी रणनीति […]
संसदबाट मानव अधिकार आयोगका पदाधिकारी अनुमोदित
असोज ३१ । काठमाडौं, व्यवस्थापिका संसदको संसदीय सुनुवाइ विशेष समितिले राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीको […]


