काठमाडौं । नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ । ढाकाको बंगबन्धु राष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा माल्दिभ्ससँग ३–० गोलले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको हो । चौथो पटक साफको सेमिफाइनल खेलेको नेपाल अहिलेसम्म फाइनलमा पुग्न सकेको थिएन ।
नेपाल समूह एको विजेता तथा माल्दिभ्स समूहबीको उपविजेताका रूपमा सेमीफाइनलमा पुगेका थिए । पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप २ गोल खान पुग्यो । प्रतियोगिताको अर्को सेमीफाइनलमा बुधवार नै भारत र पाकिस्तान भिड्दैछन् । समूहमा नेपालले भूटान र बंगलादेशलाई पराजित गरेको थियो । माल्दिभ्सको भने प्रतियोगितामा यो पहिलो जीत हो ।








