काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको नयाँ टोलीले अनुसन्धान थालेको दुई साता भएको छ । प्रहरीले निर्मलताको बलात्कार र हत्या कुन ठाउँमा भयो र हत्यामा कतिजना संलग्न थिए भन्नेबारे कुनै तथ्य फेला पार्न सकेको छैन ।
कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायउतले आफूले अनुसन्धान क्रममा सयजना भन्दा बढीसँग सोधपुछ गरेको बताएका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।
‘शंकास्पद कतिपयलाई कागज गराएर छाडेका छौँ, कतिलाई सामान्य सोधपुछ गरेर छाडेका छौं’, उनले भने, ‘शंकास्पद सबैभाथि सबै कोणबाट अनुसन्धान गरिरहेका छौँ ।’ अहिलेसम्म कुनै ठोस तथ्या खुल्न नसेको उनले बताए ।
निर्मलाको शव साउन ११ गते भेटिएको थियो । घटना भएको एक महिनाभन्दा बढी भईसकेको छ । यस अवधिमा धेरै प्रमाण नष्ट भईसकेकाले अनुसन्धानमा जटिलता उत्पन्न भएको उनको भनाई छ ।








