एजेन्सी । जर्मन फुटबल लिग बुण्डेसलिगाको नयाँ सिजन सुरु भएको छ । पहिलो खेलमा बायर्न म्युनिखले नाटकीय जित निकालेको छ । म्युनिख हफेनहेमलाई ३–१ गोलले पराजित गरेको छ । यसै सिजन अनुबन्ध भएका बार्यनका प्रशिक्षक निको कोभाकको यो पहिलो लिग खेल हो । खेलको २३औं मिनेटमा थोमस मुलरले गोल गरी बायर्न लई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता बनाएको बायर्नले दोस्रो हाफको सुरुमै गोल खान पुग्यो । हफेनहेमका लागि अडम जालाइले गोल गरेका थिए ।
तर, खेलको अन्त्यतिर बायर्नले पेनाल्टी पायो । ८२औं मिनेटमा पाएको पेनाल्टीमा रोवर्ट लेवाण्डोस्कीले गोल गरी अग्रता २–१ को अवस्थामा पुर्याए । खेलको अन्तिम मिनेटमा आर्जेन रोवेनले बायर्नका लागि निर्णायक गोल गरे ।








